अत्याधिक मह सेवन गर्दा के हुन्छ ?
काठमाडौं । महमा अधिक पोषक तत्व पाइन्छ । यसले कतिपय रोगसँग लड्नको लागि मद्दत गर्दछ । किनकी यसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ, जसले संक्रमण नास गर्दछ । वजन कम गर्नका लागि चिकित्सकले पनि मह सेवनको सल्लाह दिने गर्दछ्न् । तर यसको सीमित भन्दा बढी सेवन घातक हुन जान्छ । जसको बारेमा आज हामी चर्चा गदैछौँ ।
– दैनिक रुपमा आवश्यक भन्दा बढी मह सेवन गर्नाले वजन घट्नुका साथै झनै बढ्न सक्छ । किनकी यसमा सुगर र काब्र्सको मात्रा पर्याप्त मात्रामा हुने गर्दछ । यसैले यसको सीमित मात्रामा सेवन गर्नु बुद्धिमानी हुन्छ ।
– महको गुण गर्मी हुन्छ । जो, व्यक्तिले चिनीको सट्टा पनि महको प्रयोग गर्ने गर्छ, त्यस्तो व्यक्तिहरुलाई पाचनमा समस्या देखिन्छ । पेट दुख्ने समस्या पनि निम्त्याउन सक्दछ ।
– महको अधिक सेवनले ब्लड सुगर लेवल तीव्र रुपमा बढाउँछ । यसले डाइबेटिज अर्थात् चिनी रोगको खतरा देखिन्छ । त्यसैले हर खानेकुरामा महको प्रयोग गर्नु राम्रो होइन ।
– महको अत्यधिक सेवनले हाइपरटेन्सनको समस्या देखिन्छ । त्यस्तै आवश्यक भन्दा बढी मात्रामा महको सेवनले एलर्जी पनि निम्त्याउँछ । महमा पाइने एन्टिअक्सिडेन्टले उच्च रक्तचाप सन्तुलित गर्दछ । तर, अत्यधिक सेवनले बान्ता हुने समस्या हुन्छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया