सुन तस्करी प्रकरण: विमानस्थलबाट समातिएका दुई चिनियाँ नागरिक थुनामुक्त
काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा शुक्रबार बिहान विमानस्थलबाट पक्राउ परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।
राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो । विभागले गरेको पत्राचारका आधारमा पक्राउ परेका उनीहरुलाई थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छोडिएको प्रवक्ता कडायतले बताए ।
यसअघि भेपमा लुकाएर ल्याएको भनिएको १० किलो सुन तस्करीमा ली र लुई नाम गरेका चिनियाँ नागरिकको संलग्नताको आशंका गरिएको थियो । क्विन्टल सुन तस्करीमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशंका गरी राजश्व अनुसन्धान विभागले ती नामहरूलाई राडारमा राखेको थियो । मिल्दोजुल्दो नाम आएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया