अर्की केन्द्रीय सदस्यले पनि छाडिन् माधवको साथ, एमाले प्रवेश
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नेता तथा कार्यकर्ता पुरानो घर एमाले फर्कंने क्रम तीव्र बनेको छ । यसै सिलसिलामा अर्की एक वैकल्पिक केन्द्रीय सदस्य पनि एकीकृत समाजवादी परित्याग गरेर एमाले प्रवेश गरेकी छन् ।
नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर समाजवादी त्यागेर एमाले फर्किएकी हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा शनिबार खादा लगाएर एमालेमा प्रवेश गराए ।
गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नेता तथा कार्यकर्ता जोगाउन चुनौती बन्दै गएको छ । हालसम्म सो पार्टीका ३ पदाधिकारी र ३१ जना केन्द्रीय सदस्य एमाले फर्किसकेका छन् । त्यस्तै, १४ जिल्लाका अध्यक्षहरू पनि पुरानै घर एमालेमा ओत लागेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया