बससँग कार ठोक्किँदा एकै परिवारका ७ जनाको मृत्यु
जयपुर (राजस्थान) । राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियोे । सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् ।
यसअघि शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बिएसएफ) का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया