सुन प्रकरणमा मेरो संलग्नता भएको प्रमाण ल्याए अहिले नै पद छोड्छु : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा आफ्नो संलग्नता रहेको प्रमाण ल्याउन चुनौति दिएका छन् ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा महतले सुन प्रकरणमा आफ्नो संलग्नता देखिएको प्रमाण ल्याए अहिले नै पद छाड्ने बताएका छन् ।
अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।
सुनील शर्मामाथि खनिएका उनले भने, ‘मलाई लठ्ठु, बेकामे मान्छे भनियो । कसले भन्यो, किन भनियो म भन्दिनँ । पार्टीमा अनुशासन, मर्यादा छैन ?,’ महतले भने ।
शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया