उमादेवीले ल्याइन ‘मेरी त पियारी सिम्पल बरिलै’

काठमाडौं । गायिका उमादेवी खनालले यस वर्षको आफ्नो तीज गीत सार्वजनिक गरेकी छन् ।
‘मेरि त पियारी सिम्पल बरिलै’ बोलको तीज गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
गीतमा खनाललाई लोकप्रिय गायक पशुपति शर्माले स्वरमा साथ दिएका छन् ।
उनको आफ्नै शब्द रहेको गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन् ।
गीतको भिडियोमा तेजश रेग्मी र बबिता धिताल देखिएका छन् ।
भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छन् ।
प्रतिक्रिया