अध्यक्ष लिङ्देनले बनाए वरिष्ठ नेताहरू समेटेर पार्टीको कार्यसम्पादन समिति (सूचीसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरू मेटेर कार्यसम्पादन समिति गठन गरेका छन् ।
यो समितिले पार्टीको हाइकमाण्डका रूपमा काम गर्ने बताइएको छ ।
२० सदस्यीय समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज, दीपक बोहोरादेखि महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहीसम्म समेटिएका छन् ।
राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ रहेकाले अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने बताइएको छ ।
यसअघि निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वतः कार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ ।
यी ३ र आज मनोनयन भएका २० जनासँगै कार्यसम्पादन समितिको सदस्य संख्या २३ पुगेको छ ।
हेरौं विज्ञप्तिमा सूची :

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया