पत्रकार सरिताश्री ज्ञवाली जनमत पार्टीमा प्रवेश
काठमाडौं । पत्रकार सरिताश्री ज्ञवाली सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् ।
लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकार ज्ञवाली जनमत पार्टीमा प्रवेश गरेको पार्टीका नेता शरद सिंह यादवले जानकारी दिए ।
यादवले समाजिक सञ्जाल फेशबुकमा ज्ञवालीलाई पार्टी अध्यक्ष राउतले सदस्यता दिँदै गरेको फोटो सार्वजनिक गर्दै उनी पार्टी प्रवेश गरेको बताएका छन् ।
ज्ञवालीसँग नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एपीवान टिभीमा काम गरेको अनुभव छ ।
अहिले उनी ग्यालेक्सी फोरके टिभीमा ‘दिस मर्निङ लाइभ’ कार्यक्रमकी प्रस्तोता हुन् ।
ज्ञवालीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरेको थियो । उनी मिस युनिभर्स नेपालकी जजसमेत हुन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया