मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा
काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न खेलमा फिलफोडियालाई ४–१ गोलान्तरमा पराजित गर्दै मियामीले फाइनल यात्रा तय गरेको हो ।
आफ्नो पुरानै लय कायम राख्न सफल मेस्सीले छैटौं खेलमा मियामीका लागि १ गोल गरे । त्यसैगरी, जोसेफ मार्टिनेज, जोर्डी अल्बा र डेविड रुइजले समान १–१ गोल गरे ।
योसँगै मियामी क्लब इतिहासमै पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
अब मायमीले नाशभिल र मोन्टरेमध्ये एकसँग फाइनल खेल्नेछ । फाइनल खेल आगामी शनिबारका लागि तय छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया