सन्दीपको मुद्दामा आज पनि सुनुवाइ भएन, अदालतले माग्यो पीडितकी आमाको जन्ममिति
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।
अदालतले केही कागजातहरू अस्पष्ट भएको भन्दै सुनुवाइ स्थगित गरेको छ ।
पेश भएका कागजातहरू फरक भएको भन्दै बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासको सुनुवाइ स्थगित भएको हो ।
अदालतले पीडित गौशाला २६ की आमाको जन्ममिति फरक देखिने कागजात पेश गरिएको जनाएको छ । त्यस्तै पीडितको जन्म दर्ता किताबको विवरणमाथि पनि अदालतले प्रश्न उठाएको छ । यी दुई विवरणहरू स्पष्ट रूपमा बुझाउने आदेश दिँदै अदालतले सुनुवाइ स्थगित गरेको छ ।
क्रिकेटर लामिछानेले नाबालिकलाई बलात्कार गरेको आरोपमाथिको मुद्दा बारे पटक–पटक सुनुवाइ भएपनि फैसला हुन सकेको छैन ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया