मुगुमा छैन सर्पदंश उपचारको व्यवस्था
मुगु । मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ ।
पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिन थालेको छ । छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल व्यवस्था नरहेको बताए ।
जिल्ला अस्पताल मुगुका प्रमुख डा कमल ढुङ्गानाले सर्पदंश उपचारका लागि तालिम प्राप्त चिकित्सकको अभाव रहेको बताए । उनले भने “एन्टिस्नेक भेनम र आइसियू र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या छ ।
जिल्ला अस्पतालमा आउने सर्पदंशका बिरामीलाई उपचारका लागि जिल्लाभन्दा बाहिर पठाउने गरेको । ” उनका अनुसार हिमाली जिल्लामा विषालु सर्प खासै नहुने भएकाले जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आउने गरेका छैनन् ।
छायाँनाथ रारा नगरपालिका–४ कि बैदेवी सेजुवालले गत असार महिनामा सर्पले टोक्दा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नभएपछि झारफुक विधिबाट उपचार गराउनुपरेको गुनासो गरिन् । उनले भनिन् “ जिल्ला अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिनुपर्छ ।”
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया