संसद् अवरोध हटाउने प्रयास जारी छ, आइतबार खुल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको बताएका छन् ।
संसद् अवरोध हटाउन आज पनि प्रयास गरिने बताउँदै उनले भोलि आइतबारदेखि संसद् अवरोध नहुने दावी गरेका छन् । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे ।
संसद् अवरोध खुलाउने पहल स्वरुप हिजो शुक्रबार पनि सभामुखजी देवराज घिमिरेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए । तीन सातादेखि प्रमुख प्रतिपक्ष एमालेले सुनकाण्डमा उच्च स्तरीय समिति गठनलगायतको माग गरी संसद अवरोध गर्दै आएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया