छलफलका लागि सभामुखले बोलाए दलका प्रमुख सचेतक
काठमाडौं । सभामुख देवराज घिमिरेले सत्तारूढ र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
एमालेले संसद् अवरोध यथावत् राखिरहेका बेला सभामुख घिमिरेले आइतबारका लागि प्रतिनिधिसभा बैठक आह्वान गरेका छन् । यही बैठकको पूर्वसन्ध्यामा सभामुख घिमिरेले संसदको गत्यावरोधसम्बन्धमा छलफल गर्न बैठक डाकेका हुन् ।
सभामुख देवराज घिमिरेको सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकसँग अहिले ११ बजे छलफल गर्न लागिएको जनाएको छ ।
विमानस्थलबाट तस्करीको सुन नियन्त्रणमा लिएपछि यसबारे संसदीय छानबिन हुनुपर्ने माग राखेर एमालेले गत साउन १० गतेदेखि संसद् अवरोध गर्दै आइरहेको छ । संसदको गत्वारोध हटाउन पटक–पटक सभामुख र दलहरूबीच संवाद भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । संसद्को काम–कारबाही अघि नबढ्दा महत्त्वपूर्ण जनजीविकाका मुद्दा र विधेयक अघि बढ्न सकेका छैनन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया