मेस्सीको कप्तानीमा रहेको मियामीले जित्यो लिग्स कपको उपाधि

काठमाडौं । स्टार फुटबल लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि हात पारेको छ । यो उसले आफ्नो इतिहासमा प्राप्त गरेको पहिलो उपाधि हो ।
शनिबार भएको निकै प्रतिस्पर्धापूर्ण खेलको निर्धारित समयमा मियामी र नाशभिल एफसीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा प्रवेश गरेको थियो । तर यसमा पनि बराबरी भएपछि सडन डेथबाट निर्णय लिइएको हो ।
रोमाञ्चक खेलको २३औं मिनेटमा नै मेस्सीले उत्कृष्ट गोल प्रहार गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७औं मिनेटमा नाशभिलका फाफा पिकाल्टले गोल गरेर खेललाई बराबरीमा फर्काए ।
सन् २०२० मा स्थापना भएको मियामीको कप्तानी यस सिजनबाट मेस्सीले सम्हालेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया