मेस्सीको कप्तानीमा रहेको मियामीले जित्यो लिग्स कपको उपाधि
काठमाडौं । स्टार फुटबल लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि हात पारेको छ । यो उसले आफ्नो इतिहासमा प्राप्त गरेको पहिलो उपाधि हो ।
शनिबार भएको निकै प्रतिस्पर्धापूर्ण खेलको निर्धारित समयमा मियामी र नाशभिल एफसीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा प्रवेश गरेको थियो । तर यसमा पनि बराबरी भएपछि सडन डेथबाट निर्णय लिइएको हो ।
रोमाञ्चक खेलको २३औं मिनेटमा नै मेस्सीले उत्कृष्ट गोल प्रहार गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७औं मिनेटमा नाशभिलका फाफा पिकाल्टले गोल गरेर खेललाई बराबरीमा फर्काए ।
सन् २०२० मा स्थापना भएको मियामीको कप्तानी यस सिजनबाट मेस्सीले सम्हालेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया