समाजवादी मोर्चाको बैठक सर्यो: सोमबार बस्ने

काठमाडौं । आजका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक भोली बिहानसम्मका लागि सारिएको छ ।
यसअघि मोर्चाको बैठक आज साँझ ६ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्ने तय भएको भएपनि बैठक भोलीसम्मका लागि सारिएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
मोर्चामा सत्तारुढ माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
प्रतिक्रिया