संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीसमा विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदित
काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीस पदका लागि विश्वम्भरप्रसाद श्रेष्ठलाई अनुमोदन गरेको छ ।
सोमबार समितिमा गरिएको सुनुवाइपछि श्रेष्ठ सर्वसम्मतिले अनुमोदित भएका हुन् । सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।
त्यसअघि समितिले आज बिहान उजुरीकर्तासँग छलफल पनि गरेको थियो ।
सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
श्रेष्ठले करिब १४ महिना सर्वोच्चको नेतृत्व सम्हाल्ने छन् । २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०८१ असोज १९ पछि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया