राजेन्द्र राईको आशंका: उपसभामुख बिरामी हुनु बहानाबाजी नाटक त तोइन ?
काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले उपसभामुख सिर्जना दनुवारले शंकास्पद भूमिका खेलको बताएका छन्।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने सम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा राईले मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतको लागि समय तोक्ने काम उपसभामुखले गरेको उनले बताए ।
राईले यस्तो अभ्यास संघ र प्रदेशभर नै पहिलोपटक गर्नु सामान्य कुरा नभएको बताए ।
नेकपा एकीकृत समाजवादी कोशी प्रदेशका संसदीय दलका नेतासमेत रहेका उनले उपसभामुखले बिदाको नाटक मञ्चन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन असुविधा बनाउने मनसाय रहेको बताए ।
उनले केही शंकास्पद गतिविधि कार्यहरु उपसभामुखबाट भएकोले यो बिरामी बहानाबाजी नाटक तोइन?भन्ने आशंका व्यक्त गर्दै त्यसबारेमा मेडिकल रिपोर्टले देखाउने बताए ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया