देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केहि बेरअघि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको सांगठनिक गतिविधि र मुुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।
यस्तै बैठकमा साउन २० देखि ३० सम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा र दोस्रो चरणको अभियानबारे छलफल पनि हुने छ ।
नगरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको कांग्रेसले दोस्रो चरणको अभियान गर्दैछ ।
बैठकमा विभागका विषयमा पनि छलफल हुने जनाइएको छ । विभाग र भ्रातृ संस्थालाई पूर्णता १५ भदौसम्म दिने पार्टीले निर्णय गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया