एमाले र एकिकृत समाजवादीमा के फरक ? यस्ता छन् माधव नेपालले देखाएका ७ विषय

काठमाडौं । नेकपा एमाले फुटाएर नेकपा एकिकृत समाजवादी पार्टी गठन भएको २ बर्ष भयो ।
२०७८ भदौ २ गते एमाले फुटेर एकिकृत समाजवादी बनेको हो । लामो समय एमालेको नेतृत्व गरेका व्यक्ती हुन्, माधव नेपाल । नेपाल अहिले नेकपा एकिकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् ।
मंगलबारबाट यो पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठकमा अध्यक्ष नेपालले एमालेसँग गरेको विद्राहको औचित्य पुष्टी भएको बताएका छन् । उनले सात वटा कारण देखाउदै एमालेसँग गरेको विद्रोह र नयाँ आन्दोलनको विकास औचित्यपूर्ण रहेको बताएका हुन् ।
एमाले र एकिकृत समाजवादीमा के फरक ?
पहिलो : २०६३÷०६३ को आन्दोलनपछि आफ्नो पार्टीले नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्ने तर एमालेले नमान्ने ।
दोस्रो : वर्तमान नेपाल समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्ने तर एमाले यो नमान्ने भनेर व्याख्या ।
तेस्रो : अव हुने क्रान्तिलाई आफ्नो पार्टीले समाजवादी क्रान्ति भनेको तर एमालेले त्यो कुरालाई नमानेको भनाई ।
चौथो : मार्क्सवाद लेनिनवादलाई आफ्नो पार्टीले मार्गदर्शक सिद्धान्त मान्ने तर एमालेले जवजलाई मार्गदर्शक सिद्धान्त मानेकोमा फरक ।
पाँचौ : समाजवादी क्रान्तिको कार्यक्रम अंगालेर नेकपा एस अघि बढेको तर एमाले यो कुरा नमान्ने पार्टीका रूपमा चित्रण ।
छैटौँ : आफूहरू प्रतिगामी पुनरुत्थानवादी तत्त्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने तर एमाले त्यस्तै तत्त्वहरूसँग सहकार्य गर्ने पार्टीको संज्ञा ।
सातौँ : आफ्नो पार्टी समाजवादी कार्यदिशा अंगाल्ने तर एमाले यो नमान्ने पार्टी भएको ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया