नेपालको राजनीतिक प्रतिवेदन: पार्टी पङ्क्तिमा निराशा, निष्क्रियता जस्ता कमजोरी देखिए (पुर्णपाठ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी चाहे जसरी अगाडि बढ्न नसकेको बताएका छन् ।
आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरी देखिएका बताएका छन् ।
नेपालले प्रतिवेदनमा लेखेका छन्, ‘सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो । त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदि कसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुरुन्तै रोकिनु पर्दछ ।’
एमालेबाट विद्रोह गरेको दुई वर्ष भएको भन्दै अध्यक्ष नेपालले पार्टी निर्माणको विशिष्ट अवस्थामा आइपुगेको बताएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया