महालेखापरीक्षकका लागि १६ दाबेदारको रस्साकस्सी, कसले मार्ला बाजी ?

काठमाडौं । महालेखापरीक्षकका लागि आवेदन दिने म्याद सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार आइतबारको अन्तिम म्यादसम्म १६ जनाले महालेखापरीक्षकको लागि निवेदन दिएका छन् ।
सरकारले निवर्तमान महालेखापरीक्षक टंकमणि शर्मा दंगालको अवकाशसँगै रिक्त पदका लागि १५ दिने सूचना माग गरेको थियो ।
यो संवैधानिक नियुक्तीका लागि यतिबेला पूर्व सचिवदेखि बहालवाला सचिवको रस्साकस्सी चलिरहेको छ ।
६ वर्षका लागि कार्यकाल रहने यो पदमा दाबीका गर्नेहरूमा महालेखापरीक्षककै कार्यालयबाट महेश्वर काफ्ले, राममाया कुवँर, महालेखाका सचिव वामदेव शर्मा अधिकारी, सहसचिव चन्द्रकान्त भण्डारी बैकुण्ठ अधिकारी र अशोक कार्की रहेका छन् ।
त्यस्तै उक्त पदको दाबी गर्ने लाइनमा पूर्वसचिव तथा वहालवाला सचिवहरूमा गोपिनाथ मैनाली, शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया, रामशरण पुडाशैनी, हरि बस्याल, शंकर खरेल, तोयाम राया र बाबुराम गौतम छन् ।
चार्टर अकाउन्टेन्टको तर्फमा सुबोध कर्ण र हरि सिलवालको आवेदन परेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया