मेक्सिकोमा एक जमघटमा गोली चल्दा १९ जनाको मृत्यु
मेक्सिको । मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौं व्यक्ति घाइते भएका बताइएको छ । उक्त घटनामा मृत्यु हुनेमा १६ पुरूष र तीन महिला रहेका बताइएको छ ।
मिकोआक्यान राज्यको लस टिनाजा सहरमा उत्सवका लागि भएको जमघटमा दुई समूहबीच विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले बताएका अभियोजनकर्ताको कार्यालयलाई जानकारी प्राप्त भएको छ ।
आक्रमणको सूचना पाएपछि अपराध दृश्य तथा विशेषज्ञ सेवा एकाइका कर्मचारीहरू तुरुन्तै घटनास्थल पुग्दा गोली लागि १६ पुरुष र तीन महिला मृत अवस्थामा फेला परेका एफजीइले जानकारी गराएको छ ।
आक्रमणमा घाइते भएका अन्य दर्जनौं मानिसलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार सुरू गरिएको छ ।
घटनाबारे थप जानकारीका लागि अनुसन्धान भइरहेको भन्दै अधिकारीले घटनाबारे थप विवरण दिन इन्कार गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया