रोनाल्डोका क्लब च्याम्पियन्स लिगमा छनोट
काठमाडौं । रोनाल्डो आबद्ध साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिगमा छनोट भएको छ ।
एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई पराजित गर्दै अल नासरले लिगमा स्थान सुरक्षित गरेको हो ।
गएराति सम्पन्न खेलको अन्तिम ९ मिनेटसम्म अल नासर पछाडि परेको थियो । तर एकाएक अल नासरले अप्रत्यासित पुनरागमन गर्दै नतिजा नै बदलिदियो ।
अल–नासरले ४–२ को रोमाञ्चक जित दर्ज गराउँदा एन्डरसन टालिस्काले दुई, सुल्तान अल–घनाम र मार्सेलो ब्रोजोभितले समान १/१ गोल गरे । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले भने यो खेलमा गोलको योगदान दिन सकेनन् ।
अन्तिममा स्तब्ध बनेको शबाब अल अहलीका लागि याह्या अल घासानीले दुई गोल गरे ।
योसँगै अल नासर तीन वर्षपछि एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्न सफल भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया