रोनाल्डोका क्लब च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । रोनाल्डो आबद्ध साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिगमा छनोट भएको छ ।
एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई पराजित गर्दै अल नासरले लिगमा स्थान सुरक्षित गरेको हो ।
गएराति सम्पन्न खेलको अन्तिम ९ मिनेटसम्म अल नासर पछाडि परेको थियो । तर एकाएक अल नासरले अप्रत्यासित पुनरागमन गर्दै नतिजा नै बदलिदियो ।
अल–नासरले ४–२ को रोमाञ्चक जित दर्ज गराउँदा एन्डरसन टालिस्काले दुई, सुल्तान अल–घनाम र मार्सेलो ब्रोजोभितले समान १/१ गोल गरे । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले भने यो खेलमा गोलको योगदान दिन सकेनन् ।
अन्तिममा स्तब्ध बनेको शबाब अल अहलीका लागि याह्या अल घासानीले दुई गोल गरे ।
योसँगै अल नासर तीन वर्षपछि एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्न सफल भएको छ ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया