सिंहदरबारमा सर्वदलीय बैठक सुरु
काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।
संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलका शिर्ष नेता बैठकमा सहभागी भएका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । तर आयोग बनाउने सहमती पनि भइसकेको छ ।
सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए ।
यसको कार्यादेश र संरचनासहितको मस्यौदा पनि तयार भइसकेको छ ।
हिजोको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सहमति जुटेको भएपनि एमाले अध्यक्ष ओली नआएपछि बैठक बसेको थिएन् ।
मंगलबार जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि दलहरूबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक आजका लागि सारिएको छ । संसद बैठक आज ३ बजेका लागि बोलाइएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया