लालपुर्जा बनाउन पनि घुस लिने सिराहाका अमिन अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहास्थित नापी कार्यालयमा कार्यरत अमिन दिपरन्जन यादवलाई घुससहित पक्राउ गरेको छ ।
यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिएका टोलिले अनुसन्धान गर्दा उनी दश हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
उनलाई आयोगको टोलीले नापी कार्यालय लहानबाटै आज नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता भोला दाहालले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया