महिला टी–२० सिरिज : कुवेतलाई ३४ रनले हराउदै नेपालको दोस्रो जित
काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत कुवेतलाई पनि पराजित गर्दै नेपालले दोस्रो जित निकालेको छ ।
मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हराएको हो ।
यसअघि पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो ।
जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनाएको हो ।
कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ तथा खादिजा खलीलले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको जितमा इन्दु बर्माले सर्वाधिक ३, खुसी डङ्गोलले २ र कविता कुँवर, सिता राना मगर, ईश्वरी बिष्टले १÷१ विकेट लिए ।
टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो । नेपालका लागि र इन्दु बर्माले सर्वाधिक २३, बिन्दु रावलले २० र काजोल श्रेष्ठले अविजित १९ रन बनाएकी थिइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया