थापालाई पदमुक्त गरेर आफुलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेश दिन माग गर्दै कार्कीले सर्वोच्चमा रिट
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालत गएको छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै एमालेले रिट दायर गरेको हो ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका हुन् ।
मुख्यमन्त्री उद्धव थापाले सदनमा विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तीको पनि मत लिएको भन्दै त्यसविरुद्ध अदालत गएको हो ।
मुख्यमन्त्री थापाले गत सोमबार विश्वासको मत लिएका थिए । त्यस दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गरेका थिए । मन्सुरीले पनि थापालाई विश्वासको मत दिएका थिए ।
कार्कीले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएका कारण सोहि धाराको उपधारा ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन माग गरेका छन् ।
थापा साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसअघि असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्चको आदेशपछि पद मुक्त भएका थिए ।
पहिलो पटक मुख्यमन्त्री नियुक्त हुँदा उनले सभामुखको हस्ताक्षर प्रयोग गरेका थिए । त्यसविरुद्ध एमाले सर्वोच्च गएको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया