कीर्तिपुरमा चितुवाको आक्रमणबाट एक घाइते, खोरमा थुनिएको चितुवाको उद्धार गरिँदै
काठमाडौं । कीर्तिपुरको थापागाउँमा गएराति चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
कुखुरा पालन गरेको ठाउँमा सुतेका व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको हो । थानकोट प्रहरीका अनुसार गएराति एक बजेतिर खोरभित्र सुतिरहेका व्यक्तिलाई चितुवाले आक्रमण गरेको थियो ।
प्रतिरक्षा गर्दा चितुवा पनि घाइते भएको छ । घाइते चितुवा कुखुराको खोरमा थुनिएको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का अध्यक्ष दिनेशचन्द्र दाहालले बताए ।
चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ । वन अधिकृत अशोक पराजुलीले डार्टसहितको टोली कीर्तिपुर तर्फ लागिसकेको जानकारी दिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया