कांग्रेसले २ दिन पार्टीको झण्डा आधा झुकाउने, शुक्रबार कार्यलय बन्द
काठमाडौं । नेपाली कांग्रेसले नेता राजाराम कार्कीको निधनमा आज र भोली पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा तरुण दलका पूर्वमहासचिव ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो ।
उनको निधनपछि केन्द्रीय समितिको आकस्मिक बसेको बैठकले २ दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो ।
बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
कार्कीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया