बालबालिकामा राज्यले लगानी गर्नुपर्छ : मन्त्री आचार्य
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले बालबालिकामा लगानी गरे मात्रै भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति बनाउन सकिने बताएका छन् ।
किर्तिपूर नगरपालिकाको वडा नम्बर ७ लाई काठमाडौंको पहिलो बालमैत्री शासनयुक्त वडा घोषणा कार्यक्रममा उनले बर्तमानमा बालबालिकामा लगानी गरेर भविश्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादनका लागि सरकारले राष्ट्रिय बाल नीति बनाउन लागेको बताए ।
उनले राष्ट्रिय बाल नीति अहिले मन्त्रीपरिषदको सामाजिक समितिमा रहेको बताउदै छिट्टै संसदबाट पास गराउने तयारी भइरहेको बताए ।
उनले बालबालिका देशका भविश्य भएकाले बालमैत्री शासनयुक्त स्थानीय तह बनाउने काम अत्यन्तै सह्रानिय रहेको भन्दै प्रशंसा गरे ।
मन्त्री आचार्यले भने–‘किर्तिपूरमा नै रहेको त्रिभुवन विश्वविद्यालयले जसरी राष्ट्रका लागि जनशक्ति उत्पादन गरेको छ । त्यसैगरि आज यो ऐतिहासिक नगरि किर्तिपूरले बालमैत्री स्थानीय शासन सुरुवात गरेर भविश्यम राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन गर्ने काममा एउटा इटा थपेको मैले महसुश गरेको छु ।’
मन्त्री आचार्यले शिक्षा स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई बालमैत्री बनाउन आवश्यक रहेको बताउदै यी सवै विषय राष्ट्रिय बालनीति आएपछि संभव हुने बताए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया