महिला टी–२० सिरिज : नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य
काठमाडौं । चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य दिएको छ ।
टस हाररे ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा सात विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।
ओपनर पूजा महतो एक रन बनाउँदै पेभेलियन फर्किइन् । अर्की ओपनर काजल श्रेष्ठले १८ रन बनाइन् ।
इन्दु बर्माले २० रन बनाइन् । सीता रानामगरले ९ रन बनाउँदै पेभेलियन फर्किइन् । कप्तान रुबिना क्षेत्रीले २३ रन बनाइन् ।
सम्झना खड्काले दुई र कविता कुँवरले एक रन थपे । कविता जोशीले ४ र बिन्दू रावल १ रनमा अविजित रहिन् ।
मलेसियाका बलर नुर दानिया सुहादा, माहिरा इजाती इस्माइली र आइना हमिजाह हासिमले दुई–दुई विकेट लिए ।
मलेसियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म मलेसियाले ६ ओभरको खेल चलि रहँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया