महिला टी–२० सिरिज : नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य
काठमाडौं । चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य दिएको छ ।
टस हाररे ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा सात विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।
ओपनर पूजा महतो एक रन बनाउँदै पेभेलियन फर्किइन् । अर्की ओपनर काजल श्रेष्ठले १८ रन बनाइन् ।
इन्दु बर्माले २० रन बनाइन् । सीता रानामगरले ९ रन बनाउँदै पेभेलियन फर्किइन् । कप्तान रुबिना क्षेत्रीले २३ रन बनाइन् ।
सम्झना खड्काले दुई र कविता कुँवरले एक रन थपे । कविता जोशीले ४ र बिन्दू रावल १ रनमा अविजित रहिन् ।
मलेसियाका बलर नुर दानिया सुहादा, माहिरा इजाती इस्माइली र आइना हमिजाह हासिमले दुई–दुई विकेट लिए ।
मलेसियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म मलेसियाले ६ ओभरको खेल चलि रहँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया