भ्रष्टाचार, तस्करी र कमीसनखोरमा संलग्नहरु आतंकित भएका छन: गृहमन्त्री
काठमाडौं । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सरकारका कामलाई असफल बनाउने तत्वहरु सक्रिय भएको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करीको अन्त्य नगरी समृद्धिको सपना पूरा नहुने बताए । उनले त्यसकारण नै सुशासनको अभियान चलाएको बताए ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रालयले थालेको कामलाई असफल बनाउनको लागि आक्रमण गर्न केहि खनिएका बताए ।
उनले भ्रष्टाचार, तस्करी र कमीसनखोरीमा संलग्नभएकाहरु आतंकित भएका पनि बताए । श्रेष्ठले केही राजनीतिक शक्तिहरू लोकतन्त्र सिद्ध्याउन लागिरहेको बताए ।
‘हामीले लिएर आएको लोकतन्त्रलाई सिद्ध्याउनका लागि केही राजनीतिक शक्तिहरू लागेका छन् । यो देशका विरुद्ध, जनताका विरुद्ध र संविधानका विरुद्ध छ,’ उनले भने ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया