रवि लामिछानेले पाएनन् घुम्ती स्वास्थ्य शिविर सञ्चालनको अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई मोबाइल क्लिनिक सञ्चालनका लागि अनुमति दिन चितवनको कालिका नगरपालिकाले अस्वीकार गरेको छ ।
चितवन क्षेत्र नं. २ का सांसदसमेत रहेका लामिछानेले उक्त स्थानीय तहमा मोबाइल क्लिनिक सञ्चालन गर्न गत साउन २२ र २५ गते पत्र लेखेर अनुमति मागेका थिए । तर नगरपालिकाले कानून नभएको भन्दै सञ्चालन अनुमति दिन अस्वीकार गरेको हो ।
कालिका नगरपालिकाको स्वास्थ्य शाखाले घुम्ती स्वास्थ्य शिविर सञ्चालनको अनुमति दिने अधिकार प्रदेशसँग भएकाले सोहीअनुरूप गर्न सुझाव दिइएको जनाएको छ ।
प्रदेश जनस्वास्थ्य सेवा नियमावली, २०७७ मा घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने क्षेत्राधिकार प्रदेश सरकारसँग रहेको उल्लेख छ ।
चितवन क्षेत्र नं. २ बाट दोस्रो पटक सांसदमा निर्वाचित भएको १०० दिनको अवसरमा गत साउन १६ बाट लामिछानेले मोबाइल घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । तर कानूनी र प्रक्रियागत त्रुटिका कारण यो अभियान एकपछि अर्को विवादमा पर्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया