रवि लामिछानेले पाएनन् घुम्ती स्वास्थ्य शिविर सञ्चालनको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई मोबाइल क्लिनिक सञ्चालनका लागि अनुमति दिन चितवनको कालिका नगरपालिकाले अस्वीकार गरेको छ ।
चितवन क्षेत्र नं. २ का सांसदसमेत रहेका लामिछानेले उक्त स्थानीय तहमा मोबाइल क्लिनिक सञ्चालन गर्न गत साउन २२ र २५ गते पत्र लेखेर अनुमति मागेका थिए । तर नगरपालिकाले कानून नभएको भन्दै सञ्चालन अनुमति दिन अस्वीकार गरेको हो ।
कालिका नगरपालिकाको स्वास्थ्य शाखाले घुम्ती स्वास्थ्य शिविर सञ्चालनको अनुमति दिने अधिकार प्रदेशसँग भएकाले सोहीअनुरूप गर्न सुझाव दिइएको जनाएको छ ।
प्रदेश जनस्वास्थ्य सेवा नियमावली, २०७७ मा घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने क्षेत्राधिकार प्रदेश सरकारसँग रहेको उल्लेख छ ।
चितवन क्षेत्र नं. २ बाट दोस्रो पटक सांसदमा निर्वाचित भएको १०० दिनको अवसरमा गत साउन १६ बाट लामिछानेले मोबाइल घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । तर कानूनी र प्रक्रियागत त्रुटिका कारण यो अभियान एकपछि अर्को विवादमा पर्दै आएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया