लोक सेवाको परामर्शपछि मन्त्रालयले बर्खास्त गर्यो अधिकृत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अधिकृत बर्खास्त गरेको छ । अदालतबाट कसुरदार ठहरिएका एक अधिकृतलाई मन्त्रालयले लोक सेवा आयोगको परामर्शमा बर्खास्त गरेको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित फुल्पिङकट्टी स्वास्थ्य चौकीका छैटौं तहका जनस्वास्थ्य निरीक्षक चन्द्रेश्वर मण्डल फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएकाले सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।
अदालतको आदेश आएपछि यसअघि मन्त्रालयले मण्डलमाथिको कारबाहीसम्बन्धमा लोक सेवा आयोगसँग परामर्श मागेको थियो । आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाले बर्खास्त गर्न सुझाव दिएपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (२) को दण्ड (क) बमोजिम नैतिक पतन देखिने फैजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएकाले सोही ऐनबमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया