चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नौ जनाको दाबी, कसको होला पल्लाभारी ?
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नौ जनाको दरखास्त स्वीकृत भएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले साउन २६ मा आवेदन माग गरेकोमा ९ जनाको आवेदन स्वीकृत भएको हो ।
आवेदन स्वीकृत हुनेहरूमा प्रा.डा. संगीता सिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठ, डा. प्रवीण मिश्र, प्रा.डा. पियूष दाहाल, डा. विधान निधि पौडेल र प्रा.डा. श्रीकृष्ण गिरी छन् । त्यसैगरी, डा. प्रमोदकुमार यादव, डा. अञ्जलीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खालीको पनि दरखास्त स्वीकृत भएको सिफारस समितिले जनाएको छ । योग्यता अपुग भएकाले डा. वीरेन्द्रप्रसाद यादवको आवेदन भने रद्द गरिएको छ ।
निर्धारित समयमा परेका आवेदनमध्ये ९ जना राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ अनुसार योग्यता पुगेकाको आवेदन स्वीकृत गरेको समितिले अब यिनैमध्येबाट उपाध्यक्ष चयन गर्नेछ ।
आयोग चिकित्सा शिक्षाको नियमनकारी निकाय हो । मेडिकल कलेजहरूको अनुमतिदेखि नियमनसम्मको काम आयोगले गर्दै आएको छ ।

ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया