भारतीय रिले टोलीले रच्यो इतिहास

काठमाडौं । भारतको पुरुष ४X४०० रिले टोली एसियाली कीर्तिमान तोड्दै पहिलो पटक विश्व च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतीय टोलीले २ मिनेट ५९.०५ सेकेण्डमा दौड पूरा गरेको हो ।
योसँगै भारतीय टोली पहिलो पटक विश्व एथलेटिक्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
भारतीय टोलीमा मोहम्मद अनास याहिया, अमोज याकूब, मोहम्मद अजमल वरियाथोडी र राजेश रमेश थिए।
पहिलो हिट नम्बर १ मा भारत अमेरिकाभन्दा मात्र पछि रह्यो । अमेरिकी टोलीले यो दौड २ मिनेट ५८.४७ सेकेन्डमा पूरा गर्यो ।
अब टोलीले आगामी आइतबार फाइनल खेल्नेछ ।
यो सानदार जितसँगै भारतले कुनै पनि एसियाली टोलीको उत्कृष्ट समयको कीर्तिमान पनि तोडेको छ ।
यसअघि २ मिनेट ५९.५१ सेकेण्डमा दौड पूरा गरेर जापानले यो कीर्तिमान बनाएको थियो ।
जापानसँगै भारतीय टोलीले सन् २०२१ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान पनि तोडेको छ ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया