बालुवाटार प्रकरणः बहालवाला सचिव र सहसचिवविरुद्ध पनि मुद्दा दर्ता
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध ललिला निवास परिसरको सरकारी जग्गा किर्ते अभियोगमा मुद्दा दायर भएको हो ।
सचिव राउतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो । वैद्यलाई भने मुद्दा दायरको सिफारिस गरिएको थियो ।
सचिव राउतले ०६६ सालमा उक्त जग्गाको सट्टभर्ना टिप्पणी उठाएका थिए । सो क्रममा गरेको दस्तखतका कारण उनालाई मुद्दा दायर गर्ने निधो भएको सरकारी वकिल महेश प्रसाद खत्रीले बताए ।
त्यस्तै सहसचिव वैद्यले डिल्लीबजारस्थित मालपोत कार्यायमा हुँदा नक्कली कागज बनाउने काममा संलग्न रहेको आरोप छ । जग्गा किर्ते प्रकरणमा उनको नाम जोडिएसँगै दाङका प्रमुख जिल्ला अधिकारी रहेका उनलाई गृह मन्त्रालयमा तानिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया