दुई वटा समितिमा एमालेको उम्मेदवारी, कुनमा कसले गराए दर्ता ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट २ वटा संसदीय समितिमा उम्मेदवारी दर्ता भएको छ ।
यसअघि सत्ता गठबन्धनसँगको सहमतीमा एमालले ३ वटा संसदीय समितिको नेतृत्व पाउने टुंगो लागेको थियो । तर एमालेले अहिलेसम्म २ वटा समितिमा उम्मेदवारी दर्ता गराएको हो ।
एमालेले यसअघि सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व पाउने सहमती भएको थियो ।
लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा कसलाई पठाउने भन्ने विषयमा एमालेले छलफल भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया