सहकारीलाई काठमाडौं महानगरपालिकाको ९ बुँदे निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहकारीलाई आगामी पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्न निर्देशन दिएको छ । साथै उसले साधारणसभाका क्रममा विभिन्न नौ बुँदा अवलम्बन गर्न पनि भनेको छ ।
काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ स्मरण गराउँदै महानगरपालिकाले आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न र त्यसको १५ दिनभित्र पारित गरिएको प्रतिवेदन सहकारी विभगमा बुझाउन अनुरोध गरेको हो । यस्ता प्रतिवेदन बुझाउँदा कुन–कुन कागजात संलग्न गर्नुपर्ने भन्नेबारे पनि महानगरपालिकाले स्पष्ट पारेको छ । यसअघि सहकारीहरूले समयमा प्रतिवेदन नबुझाउने र बुझाइ हालेमा पनि आवश्यक कागजात पेश नगर्ने समस्या थियो ।
पुस मसान्तभित्र साधारणसभा गर्न भनेको महानगरपालिकाले त्यसक्रममा विभिन्न ९ बुँदामा ध्यान दिन आग्रह गरेको छ । जसमा सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न, सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न, कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपूरक संख्या पुर्याएर मात्र साधारणसभा गर्न र मन्तव्यको कार्यक्रम संक्षिप्त पारेर सिधै विषयवस्तुमा प्रवेश गर्न भनिएको छ ।
त्यसैगरी, लेखा परीक्षणलगायतका प्रतिवेदन सघन छलफलपछि मात्र पारित गर्न, सञ्चालक समिति तथा लेखा समिति निर्वाचन भएमा प्रचलित कानून, मापदण्ड एवं विनियमबमोजिम योग्यता पुगेका सदस्यबाट निर्वाचित गर्न, लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्न, संस्थाको विनियम संशोधन कार्यविधि, नियमावली, नीति तथा कार्यक्रम र बजेट साधारणसभाबाट पारित गर्न महानगरपालिकाले सहकारीहरूलाई स्मरण गराएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया