सन्दीपले भने- जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको छु
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले एसिया कपका लागि आफूले सक्दो अभ्यास गरेको बताएका छन् ।
एसिया कप खेल्न पाकिस्तान प्रस्थान गर्नुअघि विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले एसिया कप खेल्नका लागि तयार रहेको बताए ।
उनले खेलमा नेपाली टिमले राम्रो पर्दशन गर्ने विश्वास पनि व्यक्त गरे । सन्दीपले आफु जीवनको कठिन समय भएको पनि बताए ।
उनले नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउँनु खुसीको एउटा पर्व जस्तै भएको पनि बताए । सन्दीपले नेपालले सधैं यस्तो टिमहरुसँग खेल्न नपाउँने र आगामी दिनमा कसरी निरन्तर खेल्ने वातावरण बनाउने भन्नेतर्फ सोच्नुपर्ने बताए ।
एसिया कप खेल्न नेपाली टोली गत मंगरबार नै पाकिस्तान गइसकेको छ । सन्दीप आफ्नो मुद्दाका कारण त्यसदिन टीमसँग जान पाएका थिएनन् । काठमाडौं जिल्ला अदालतमा उनको मुद्दाको पेशी हिजो (आइतबार)का लागि तोकिएको थियो ।
मुद्धामा हिजो सुनुवाइ भएन् । उनको मुद्दाको पेशी भदौ २१ गतेसम्मलाई सरेपछि आज पाकिस्तान गएका हुन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया