सुनको मूल्य १३०० रूपैयाँ घट्यो
काठमाडाैं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार तीन सय रूपैयाँ घटेर ९९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुन तोलामा एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार मंगलबार तेजावी सुन तोलामा ९८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ ।
महासंघका अनुसार आज चाँदी एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार चाँदी तोलामा एक हजार एक सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया