फेरि फिल्ममा देखिन चाहन्छिन् हेमा मालिनी
एजेन्सी । बलिउड अभिनेत्री हेमा मालिनी सदाबहार अभिनेत्रीको रूपमा परिचित छिन् । यद्धपि, उनी पछिल्लो समय फिल्ममा खासै सक्रिय छैनन् । उनको अन्तिम फिल्म २०२० मा रिलिज भएको ‘शिमला मिर्च’ थियो ।
यसैबीच, हेमाले हालै एक अन्तवार्तामा आफूलाई फेरि फिल्ममा काम गर्ने इच्छा भएको बताएकी छन् । करियरको बारेमा कुरा गर्दै हेमाले पीटीआईलाई दिएको अन्तर्वार्तामा राम्राे फिल्मको अफर आए आफू पुन: फिल्ममा काम गर्ने बताएकी छन् ।
‘म फेरि फिल्म गर्न चाहन्छु । मैले केही राम्रा भूमिका पाएमा पक्कै पनि ती फिल्ममा अभिनय गर्छु । म चाहन्छु कि निर्माताले मलाई फिल्म अफर गरेर साइन गरून् ।’ उनले भनिन् ।
अन्तवार्तामा उनले फिल्म ‘बागवान’ को सेटलाई सम्झिदै अमिताभसँग अन्य फिल्ममा काम गर्ने इच्छा रहेकोसमेत बताइन् । ‘हामीले अझ धेरै फिल्ममा सँगै काम गरेको भए हुन्थ्यो तर त्यो हुन सकेन । उहाँसँग काम गर्न पाउँदा राम्रो लाग्यो।’ काम गरेको अनुभवको बारेमा कुरा गर्दै हेमाले अन्तर्वातामा भनिन् ।
बागवान बाहेक हेमा र अमिताभले ‘सत्ते पे सत्ता’, ‘नसीब’, ‘नास्तिक’ जस्ता फिल्ममा सँगै काम गरेका छन् । यसबाहेक हेमाले ‘वीर-जारा’, ‘बाबुल’ र ‘बुद्ध होगा तेरा बाप’ जस्ता हिछ फिल्ममा काम गरेकी छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया