गाईजात्रा हुने काठमाडौंका यी रुटमा भोलि र पर्सि सवारी आवागमन निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्ष गाईजात्रा हुने रुट तय गरेको छ । गाईजात्रालाई व्यवस्थित गर्न महानगरपालिकाले रुट तय गरेको हो । यस वर्षको गाईजात्रा भोलि र पर्सि दुई दिन मनाइँदैछ ।
भोलि र पर्सि गाईजात्रा हुने मार्गबारे जानकारी दिँदै महानगरपालिकाले ती रुटमा सवारी साधनको प्रवेश निषेध गरिएको जनाएको छ ।
महानगरपालिकाका अनुसार, असन, केलटोल, इन्द्रचोक, हनुमानढोका दरबार परिसर, मरू टोल, चिकंमुगल, जैशीदेवल, ज्याबहाल, लगनचोक, गोफल, ब्रह्मटोल, वन्डे, ह्युमत–जैशीदेवल, कोहिटी, भीमसेनस्थान, मरू टोल, प्याफल, ढोका टोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, बांगेमुढा, न्हैकन्तला, असन, कमलाछी, भोटाहिटी हुँदै असनलाई गाईजात्रा हुने मार्ग तय गरिएको छ ।
दिवंगत पितृहरूको सम्मान तथा मुक्तिका लागि गाईजात्रा पर्व मनाइने गरिन्छ । काठमाडौं उपत्यकामा नेवार समुदायले यो पर्वलाई दुई दिनसम्म मनाउँछन् ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया