दुई जिल्लाको शिक्षक बढुवाको नतिजा उल्टियो
काठमाडौं । शिक्षा सेवा आयोगले गरेको दुई जिल्लाको बढुवामा पनि त्रुटि पाइएको छ । त्रुटि भेटिएपछि आयोगले उक्त जिल्लाको नतिजा पुनरावलोकन गरेको छ ।
शिक्षक सेवा अयाोग, बढुवा सिफारिस समितिको सचिवालय, बागमती प्रदेश हेटौंडाले गत जेठ ३१ मा गरेको प्राथमिक तह प्रथम श्रेणीको बढुवा सिफारिसमा त्रुटि भएको हो ।
नतिजा परिवर्तन गरिएका जिल्लामा काभ्रेपलाञ्चोक र नुवाकोट छन् ।
आयोगले बढुवा सिफारिस गरेपछि चित्त नबुझेका उम्मेदवारहरूलाई पुनरावेदनमा आउन भनिएको थियो । पुनरावेदनका क्रममा त्रुटि भेटिएको हो ।
आयोगतका अनुसार, बागमतीका अन्य जिल्लाबाट पनि नतिजा पुनरावलोकनका लागि आवेदन परेका थिए । तर अन्य जिल्लाको नतिजा भने परिवर्तन गरिएको छैन ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया