घरमै बसेर एसिया कपको उद्घाटन समारोह र खेल कसरी हेर्ने ?
काठमाडौं । एसिया कप पाकिस्तानमा बुधबारदेखि सुरु हुँदैछ ।
नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेबाट हुनेछ । त्यसअघि पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट स्टेडियममा एसिया कपको उद्घाटन समारोह हुँदैछ ।
पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा खेलेर नेपालले झन्डै तीन दशकदेखिको त्यो सपना पूरा गर्दै छ । पाकिस्तान र भारतजस्ता प्रतिद्वन्द्वीसँग एसिया कपमा खेल्न लागेकाले नेपाली क्रिकेटमा यो एउटा अर्को अनुपम कोसेढुंगा हो ।
तर, एसिया कपका खेलहरु कसरी र कहाँबाट हेर्ने ? धेरैलाई खोजीको विषय हो । उसो त अहिले समाजिक सञ्जालको माध्यामबाट पनि खेलहरु प्रत्यक्ष प्रसारण भइरहेका हुन्छन् । तर यस्ता प्रसारण वैध हुँदैनन् ।
एसिया कपको उद्घाटन समारोह स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ भने, भारतीय सरकारी च्यानल डीडी स्पोर्टसले पनि खेल प्रशारण गर्ने छ । हामीले त्यहाँबाट हेर्न सक्ने छौँ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया