घरमै बसेर एसिया कपको उद्घाटन समारोह र खेल कसरी हेर्ने ?
काठमाडौं । एसिया कप पाकिस्तानमा बुधबारदेखि सुरु हुँदैछ ।
नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेबाट हुनेछ । त्यसअघि पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट स्टेडियममा एसिया कपको उद्घाटन समारोह हुँदैछ ।
पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा खेलेर नेपालले झन्डै तीन दशकदेखिको त्यो सपना पूरा गर्दै छ । पाकिस्तान र भारतजस्ता प्रतिद्वन्द्वीसँग एसिया कपमा खेल्न लागेकाले नेपाली क्रिकेटमा यो एउटा अर्को अनुपम कोसेढुंगा हो ।
तर, एसिया कपका खेलहरु कसरी र कहाँबाट हेर्ने ? धेरैलाई खोजीको विषय हो । उसो त अहिले समाजिक सञ्जालको माध्यामबाट पनि खेलहरु प्रत्यक्ष प्रसारण भइरहेका हुन्छन् । तर यस्ता प्रसारण वैध हुँदैनन् ।
एसिया कपको उद्घाटन समारोह स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ भने, भारतीय सरकारी च्यानल डीडी स्पोर्टसले पनि खेल प्रशारण गर्ने छ । हामीले त्यहाँबाट हेर्न सक्ने छौँ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया