एसिया कप क्रिकेट : उद्घाटन समारोहमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने
काठमाडौं । अबको केहीबेरमा एसिया कप क्रिकेटको उद्घाटन हुँदेछ । पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् ।
नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुनेछ । खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा गायकिा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।
एसिया कपको डेब्यू खेलमा आज नेपाल विश्वकै नम्बर १ क्रिकेट टिम पाकिस्तानसँग भिड्दै छ । उद्घाटन खेलमा पाकिस्तानसँग खेलेर नेपालले झन्डै तीन दशकदेखिको सपना पूरा गर्दै छ ।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेटका दिग्गज राष्ट्रसँगको प्रतिस्पर्धालाई हार वा जितभन्दा पनि सिक्ने अवसरका रूपमा लिनुपर्ने बताए छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया