नेपाल र पाकिस्तानबीचको क्रिकेट खेल हेर्न विद्यालय बन्द
काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले एसिया कप क्रिकेट हेर्नका लागि विद्यालयमा बिदा दिएको छ ।
नेपाल र पाकिस्तानबीच आज उद्घाटन खेल हुँदैछ । वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न सूचना जारी गरेका हुन् ।
घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ । २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्न लागेको हो ।
‘सिमित साधन स्रोृतको बलमा पनि नेपाली क्रिकेट टीम एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टीमका साथ प्रतिस्पर्धा गर्नु सम्पुर्ण नेपालीहरुको निम्ती ठुलो गौरवको कुरा भएकाले नेपाल र पाकिस्तानबीचको खेलमा हाम्रो गौरवशाली टीमको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति उर्जावान भावना जागृत गराउन दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरि बिदा गर्न अनुरोध छ,’ सूचनामा भनिएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया