एकै ठाउँमा ६० वटा गाडी ठोक्किँदा अमेरिकामा तीनको मृत्यु
वासिंटन । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समयअनुसार बिहान १०.३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा झण्डै कार, ट्रक, ट्याक्टर लगायतका ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया