एसिया कप : पाकिस्तानले गुमायो ४ विकेट
काठमाडौं । जारी एसिया कपमा पाकिस्तानले ४ विकेट गुमाएको छ । पाकिस्तानले ओपनरद्वय फाखर जमान, इमाम उलहक, मोहम्मद रिजवान र सलमान अली अघालाई गुमाएको हो ।
अघालाई लाई लेग स्पिनर सन्दीप लामिछानेले आउट गरेका हुन् । उनले १४ बलमा ५ रन बनाएर खेलेका थिए ।
त्यसअघि नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो । रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । रिजवान ४४ रनमा आउट भए । रिजवानले ५० बल खेलेका थिए ।
करण केसीले पहिलो, तथा कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका थिए । करणले ओपनर फाखर जमानलाई आउट गरेका थिए भने, कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराए ।
इमाम उलहक ५ रनमा रन आउट भए । केसीले जमानलाई १४ रनमा आउट गर्दा, इमाम ५ रनमा आउट भएका थिए । ३० ओभरको खेल चलिरहँदा पाकिस्तानले ४ विकेट गुमाएर १ सय ३९ बनाएर खेलिरहेको छ ।
यसअघि अन्यथा भएकोमा सच्याइएको छ – सम्पादक
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया