तारेखमा छाड्न माग गर्दै पल शाह गए उच्च अदालत
काठमाडौं । आफूलाई तारेखमा छाड्न माग गर्दै अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।
एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेका हुन् ।
निवेदनमा शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गर्दै रिट दर्ता गराएको अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
जिल्ला अदालतले शाहलाई१० चैतमा तनहुँ पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका व्यवस्थापक कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया